Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलियो टोली जिम्बाब्वेविरुद्ध नेपालले पूरा गर्‍यो २०० रन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दुई सय रन पूरा गरेको छ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ३८.२ ओभरमा दुई विकेट गुमाएर दुई सय रन पूरा गरेको हो।

नेपालका लागि ओपनिङमा उत्रिएका कुशल भुर्तेलले ९९ रनको इनिङ खेले। कुशल ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन एक रनले चुके।

कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफ एक सय बलमा सात चौकासहित ६६ रन बनाएर मसाकाजादाको बलमा रायन बर्लको हातबाट क्याच भए। नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाएका थिए।

यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले बनाएको एक सय ३९ रनको साझेदारीको कीर्तिमान तोडेर एक सय ७१ रनको नयाँ रेकर्ड बनाए। अहिले ३९ ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर दुई सय पाँच रन बनाएको छ। नेपालका लागि क्रिजमा कुशल मल्ल २० रन तथा कप्तान रोहित पौडेल १२ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077