Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेश निषेध गर्ने पहिचानवादीको घोषणा

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादीहरूले गृह जिल्ला ताप्लेजुङ प्रवेशमा रोक लगाइएका छन् ।

आदिवासी जनजाति समुदायहरूलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरूको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला सचिव भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरुले गृह जिल्ला प्रवेशमा रोक लगाइएका हुन् ।

ताप्लेजुङका आदिवासी जनजाति महासङ्घ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान सङ्घ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी सङ्घले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा पहिचानवादी आन्दोलनकारी जनताहरूको आत्मसम्मान, भावनालाई सरकारसँग वार्तासँगै सहजीकरण गर्नुपर्ने ठाउँमा ठिक उल्टो बाटोमा एमाले अध्यक्ष र सचिव लागेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077