Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सासुआमाको नाममा रहेको सम्पत्ति ज्वाइँले आफ्नो नाममा सारेपछि...

काठमाडौं । मृत्यु भइसकेकी सासुआमाको नाममा रहेको सम्पत्ति किर्ते कागजात बनाएर आफ्नो नाममा नामसारी गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । प्रहरीले मकवानपुर घर भई हाल काठमाडौंको कपन बस्दै आएका सतराज गुरुङलाई पक्राउ गरेको हो ।

सतराजले सासुआमा उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको जग्गा श्रीमती र परिवारलाई थाहै नदिई किर्ते कागजात बनाएर नाममा नामसारी गरेका थिए ।

सतराजले उमादेवी सासुआमा नभई आफ्नै आमा भएको कागजात तयार गरी उनको नाममा कीर्तिपुरमा रहेको ९९२ वर्गमिटर क्षेत्रफलको जग्गा आफ्नो नाममा बनाएका थिए । उनले किर्ते कागजात गरी सासुआमाको जग्गा हत्याएको थाहा पाएपछि श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

श्रीमतीको जाहेरीका आधारमा अनुसन्धानपछि सतराजलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गुरुङलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077