Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विद्युत्‌को आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ : गोकर्ण विष्ट

    विद्युत्‌को आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ : गोकर्ण विष्ट

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 594
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले विद्युत्‌को आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विष्टले विद्युत्‌को आन्तरिक खपत बढाउन नसकिएको बताएका हुन् । सांसद विष्टले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यस्तो सहमति गरेको भए जानकारी हुनुपर्ने बताए ।



    उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आए पनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ भन्दै प्रश्न गरे।



    सांसद विष्टले भने,’प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएको त छ, तर के जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा के त्यहाँ कुनै सहमति भएको छ र ? १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा हामीले कहीँ गम्भीरता देखाएका छौँ ? कुनै पहलकदमी गरेका छौँरछैनौँ, हामीले नारा दिएका मात्रै छौँ ।’

    सांसद विष्टले नेपालमा नै विद्युत्‌को आन्तरिक खपतको अवस्था कमजोर रहेको बताए । विद्युत् खेर जाने भयो भनेर विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यो प्रकारको कहालीलाग्दो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार