Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • संकट अत्यन्तै गहिरो छ, बजेटका सिद्धान्त र प्राथमिकताले समाधान गर्न सक्दैन : गोकर्ण विष्ट

    संकट अत्यन्तै गहिरो छ, बजेटका सिद्धान्त र प्राथमिकताले समाधान गर्न सक्दैन : गोकर्ण विष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 435
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री गोकर्ण विष्टले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पर्याप्त नभएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन्।



    सरकारले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले अहिलेको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने सांसद विष्टको दावी थियो ।



    मुलुकको आर्थिक संकटको समाधान गर्न नसकिने भन्दै उनले उच्चस्तरीय सार्वजनिक खर्च पुनरावलोकन आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए ।

    सांसद विष्टले रोजगारी सृजना, उत्पादन वृद्धि र आर्थिक वृद्धिदरमा योगदान पर्याउने क्षेत्रहरुको पहिचान गरी मुलुकको आर्थिक संकटलाई समाधान गर्न सरकार तयार हुनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार