Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुन्छ' भन्दै २६ लाख ठगी, बलराम बत्तिसपुतलीबाट पक्राउ

काठमाडौं । नेदरल्याण्डलाई पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–९ घर भएका ३० वर्षीय बलराम थापा मगरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो ।

मगरले टिकाजंग कार्कीलाई ‘वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुने सेल्स मेनमा जागिर लगाइदिन्छु’ भन्दै २६ पटक–पटक गरी २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।

वैदेशिक रोजगार विभागको आग्रहमा प्रहरीले मगरलाई सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077