Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरीको मोटरसाइकलसहित काठमाडौबाट सहनी पक्राउ

    चोरीको मोटरसाइकलसहित काठमाडौबाट सहनी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । चोरीको मोटरसाइकलसहित प्रहरीले काठमाडौंको टोखा नगरपालिका–९ मनमैजुबाट एक जनालाई पक्राउ गरेको छ ।

    बाराको करैयामाई गाउँपालिका–५ घर भई हाल काठमाडौंको नवजागरण टोल बस्दै आएका ३० वर्षीय रामकिशोर सहनीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।



    काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने गजेन्द्र लामा तामाङले गत बैशाख २६ गते ललितपुरको पाटन अस्पताल अगाडीको पार्किङ स्थलबाट बागमती प्रदेश–०२–०४० प १८२६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।



    वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२२ प ३३४७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले सहनीलाई मोटरसाइकलसहित फेला पारी मनमैजुबाट दिउँसो नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार