Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरीको मोटरसाइकलसहित काठमाडौंबाट राजेश पक्राउ

    चोरीको मोटरसाइकलसहित काठमाडौंबाट राजेश पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 795
    SHARES

    काठमाडौं । चोरीको मोटरसाइकलसहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट एकजना पक्राउ परेका छन् ।

    धादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाडौंको नैकाप बस्दै आएका ३२ वर्षीय राजेश लामा मोटरसाइकलसहित पक्राउ परेका हुन् ।



    वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०३-००५ प ४४ ६८ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०३५ प ७७ ३० राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।



    मोटरसाइकल सहित पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्व र पठाइएको छ ।

    २२० सिसीको पल्सर मोटरसाइकल काठमाडौँको सहयोगीनगरबाट गत कार्तिक २७ गते हराएको भनी कञ्चनपुरको बेदकोट नगरपालिका ४ घर भइ हाल कोटेश्वकर बस्दै आएका कृष्ण धानुकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार