Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ

    चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    सप्तरी । चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने गुनरा रामको दलान घरमा पार्किङ गरी राखेको स. ११ प. ४१२२ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।



    चोरी भएको मोटरसाइकलसहित प्रहरीले बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गौरा बस्ने २३ बर्षीय निरज कुमार यादव र २० बर्षीय गजेन्द्र कुमार रामलाई पक्राउ गरेको हो ।



    चोरीगरी लैजान लागेको अवस्थामा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ७ रम्पुरा बस्ने २५ बर्षीय बर्मा भनिने ब्रहमदेव यादवले उक्त मोटरसाइकल सिरहाकै भगवानपुर गाउँपालिका २ हुलाकी राजमार्गको रोडको उतर साइडको खेतमा छाडेर भागेका थिए ।

    पक्राउ परेका दुई जना संघ सोधपुछ गर्दा निरज कुमार यादवले आफ्नो सालो ब्रहमदेव यादवलाई मोटरसाइकल लग्न भनेको प्रहरीले जनाएको छ ।

    बरामद भएको मोटरसाइकलसहित उनीहरुलाई अनुसन्धान तथा थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार