Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

    १२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 729
    SHARES

    काठमाडौं । ललितपुरमा १२ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।



    युवकले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।



    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार