Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मदिरा सेवन गरेर किशोरीलाई बलात्कारको प्रयास, उच्च अदालतका शाखा अधिकृत पक्राउ

    मदिरा सेवन गरेर किशोरीलाई बलात्कारको प्रयास, उच्च अदालतका शाखा अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    मोरङ । किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालतका कर्मचारी पक्राउ परेका छन् ।

    विराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका हुन् ।



    विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ४८ वर्षीया प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।



    उनले ती किशोरीलाई रातिको समयमा घरमा पुगेर १ हप्ता अगाडि बलात्कारको प्रयास गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

    प्याकुरेललाई बुधवार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार