Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अपांगता भएकी महिला बलात्कार गर्नेलाई जन्मकैद सजाय

    अपांगता भएकी महिला बलात्कार गर्नेलाई जन्मकैद सजाय

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 870
    SHARES

    दैलेख । अपांगता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवकलाई जिल्ला अदालत दैलेखले जन्मकैद फैसला गरेको छ ।

    जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले गुराँस गाउँपालिका–३ का ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैदको सजाय फैसला भएको हो ।



    सो इजलासबाट जन्मकैद (२५ वर्ष), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपियाँ तिर्नुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।



    शारीरिक अपाङ्गता भएकी महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।

    घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत गत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार