Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नरसिंह विष्टको हत्यामा संलग्न दीपकलाई जन्मकैदको सजाय

    नरसिंह विष्टको हत्यामा संलग्न दीपकलाई जन्मकैदको सजाय

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.4K
    SHARES

    दार्चुला । जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डोकटका नरसिंह विष्टको हत्यामा संलग्न एक जनालाई जन्मकैदको फैसला गरेको छ ।

    विष्टको हत्यामा संलग्न भएको पुष्टि गर्दै सोमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाएको हो ।



    अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीका अनुसार यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका छन् ।



    जन्मकैद फैसला सुनाइएका दीपकलाई प्रहरीले गएको मङ्सिर ११ गते पक्राउ परेको थियो । गएको मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिका–४ डोबको दार्चुला–तिङ्कर सडक खण्डमा नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको दीपकले प्रहरीसमक्ष स्वीकार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार