Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • साथीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती र साथीलाई जन्मकैद

    साथीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती र साथीलाई जन्मकैद

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 945
    SHARES

    फाइल तस्विर

    सप्तरी । श्रीमानको हत्यामा संलग्न सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोलकी इनरवती महतोलाई जन्मकैदको सजाय सुनाइएको छ ।

    रामसुन्दर महतोको हत्या आरोपमा इनरवतीलाई जन्मकैदको सजाय सुनाइएको हो ।



    इनरवती संलग्न रहेको हत्या घटनाका मुख्य अभियुक्त सप्तरीको रूपनी गाउँपालिका-१ रूपनी चौकका ३८ वर्षीय नाजिर मियाँ भनिने नासिर मियाँलाई समेत जन्मकैद सजायको फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।



    सप्तरीको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा २०७८ असोज ९ गते रामसुन्दर महतोको शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार