Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बालिका करणी गर्ने युवालाई जन्मकैद

    बालिका करणी गर्ने युवालाई जन्मकैद

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

    न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका १० का १९ वर्षीय सुदीप थापामगरलाई जन्मकैदको फैसला सुनाएको हो ।



    साथै निजलाई छ लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ ।



    निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार