Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अन्सारुल मियाँ हत्या प्रकरण : युवकलाई जन्मकैद, बालकलाई १७ वर्ष जेल !

    अन्सारुल मियाँ हत्या प्रकरण : युवकलाई जन्मकैद, बालकलाई १७ वर्ष जेल !

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 819
    SHARES

    सप्तरी । सप्तरीको रूपनी गाउँपालिका-५ बसविट्टीमा गरेको हत्या घटनामा एक किशोरलाई जन्मकैद र एक बालकलाई १६ वर्ष आठ महिना कैद सजाय भएको छ ।

    सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले सोमबार २२ वर्षीय लालु भनिने जयराम खंगलाई जन्मकैद र १६ वर्ष ३ महिना १७ दिनका बालकलाई १६ वर्ष ८ महिना कैद सजाय सुनाएको हो ।



    कैद सजायका साथै जयरामले एक लाख रूपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति तिनुपर्ने र २ हजार ८ सय रूपियाँ फौजदारी अपराध कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ । यस्तै १६ वर्षीय बालकले पनि ७५ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने र राहत कोषमा दुई हजार दुई सय रूपियाँ जम्मा गर्नु पर्नेछ ।



    २०७८ चैत ७ गते गाउँदेखि पूर्व रहेको समर्थ सिंहको पोखरीमा २५ वर्षीय अन्सारुल मियाँको सडेगलेको शव फेला फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार