Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आफ्नै बुवाले छोरीलाई गर्भवती बनाएको घटना सार्वजनिक, लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ

    आफ्नै बुवाले छोरीलाई गर्भवती बनाएको घटना सार्वजनिक, लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 3.8K
    SHARES

    धादिङ । आफ्नै छोरीलाई दाङमा जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले गत बुधवार पक्राउ हो ।

    मजदुरीको सिलसिलामा धादिङ आएको बेला धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।



    त्यसैक्रमा १७ वर्षीया छोरीमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ ।



    धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको प्रहरीले जनाएको छ ।

    घटना धादिङमा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार