Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अश्लील फोटो सार्वजनिक गरिदिने धम्की दिएर पटकपटक करणी

    अश्लील फोटो सार्वजनिक गरिदिने धम्की दिएर पटकपटक करणी

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 1.6K
    SHARES

    विराटनगर । मोरङका अश्लील फोटो सार्वजनिक गरिदिने धम्की दिएर युवतीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने रिजवान अन्सारी पक्राउ परेका हुन् । अन्सारीमाथि सुनसरी दुहवी स्थायी घर भएकी भक्तपुरको सूर्यविनायक बस्ने २० वर्षीया युवतीलाई २०७४ असारखि लगातार करणी गरेको आरोप लागेको छ ।



    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्सारीले २०७९ चैत १८ गतेसम्म ती युवतीलाई प्रलोभन, डर, त्रास र धम्की दिई विभिन्न अश्लील फोटोहरू खिचेका थिए ।



    विराटनगर र काठमाडौंका विभिन्न स्थानमा लगी ती फोटोहरू सार्वजनिक गर्ने डर देखाएर उनले जबरजस्ती करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार