Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सोमपालले विश्वकप छनोटअन्तर्गतका बाँकी तीन खेल गुमाउने

    सोमपालले विश्वकप छनोटअन्तर्गतका बाँकी तीन खेल गुमाउने

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गतका बाँकी खेल गुमाउने भएका छन् ।

    चोटका कारण कामीले आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणका बाँकी तीन खेल गुमाउने भएका हुन् ।



    जिम्बाबेविरुद्धको पहिलो खेल खेलेका सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेपछि उनको हातमा दुई वटा टाँका लगाइएको छ ।



    एक हप्ता आराम गर्नुपरेपछि अब सोमपालले आज हुने अमेरिकाविरुद्धको खेल साथै वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउनेछन् ।

    यदि नेपाली टिम सुपर सिक्समा पुगे सोमपाल त्यसपछिका खेलमा उपलब्ध हुनेछन् ।

    विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो । आज नेपालले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार