Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्वकप लिग– २

    नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लिए विकेट

    नेपाललाई पहिलो ओभरमै सफलता, सोमपालले लिए विकेट

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 510
    SHARES

    काठमाडौँ । आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

    नेपालका सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका हुन् । उनले नेदरल्याड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गरे । माइकल खाता पनि नखोली आउट भए ।



    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्डसले ब्याटिङ गरिरहेको छ ।



    पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । लिग– २ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार