Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग-२

    टस हारेर नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    टस हारेर नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 477
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली नेपालले ब्याटिङ गर्ने भएको हो ।



    सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । खेल साढे ९ बजे सुरु हुनेछ ।



    नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

    नेपालले सिरिजका चार मध्य तीन खेलमा मात्र जित निकालेको छ। नेदरल्यान्ड्सलाई पहिलो खेलमा हराएको नेपालले नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार