Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग–२

    त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

    त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 450
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यी दुई टिमबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।



    यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।



    नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो ।

    यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार