Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर, यसले कसरी गर्छ काम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपरारत राष्ट्रपति पौडेलको मुटुको चाल कम हुन थालेपछि मंगलबार स्थायी पेस मेकर राखिएको हो।

सेन्टरले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिएको छ ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मंगलबार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो । मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए ।

पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो । पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो ।

जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ । मुटुको चाल कम हुँदा पेसमेकरको प्रयोग गरिन्छ । जसले मुटुको धड्कनलाई व्यवस्थापन गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077