Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपालले भोलि कुवेतको सामना गर्ने

काठमाडौं । भारतमा आयोजना हुने दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा नेपालले भोलि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपालले असार ९ गते आयोजक भारत तथा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपालले माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेको थियो ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ , दीप कार्की , विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे , सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ , निशान्त खड्का , रोहित चन्द , सिमन्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु , आभास लामिछाने

फरवार्डः आयुष घलान , नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट , मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077