Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकासँग जारी खेलमा नेपाललाई पहिलो झट्का, ओपनर आसिफ आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ ।

दुई सय आठ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर आसिफ शेख आउट भएका हुन्।

कुशल भुर्तेलसँग ओपनिङमा उत्रिएका आसिफ १६ बलमा १२ रन जोडेर सौरभ नेत्राभल्करको बलमा एलबडीडब्लूको शिकार भए।

अहिले क्रिजमा कुशलसँगै भीम सार्की छन्। नेपालले ५.२ ओभरमा एक विकेट गुमाएर २५ रन जोडेको छ।

पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाले नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको थियो।

जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077