Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आयात हुन थालेपछि प्याजको मूल्य आधा घट्यो

    आयात हुन थालेपछि प्याजको मूल्य आधा घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । भारतबाट आयात हुन थालेपछि प्याजको मूल्य आधा सस्तिएको छ।

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५० रुपैयाँ प्रतिकिलोदेखि अधिकतम ५२ रुपैयाँसम्म बिक्री भइरहेको छ।



    आयातमा १३ प्रतिशत भ्याट लागेपछि व्यवसायीहरुले प्याज आयात गर्न छोडेका थिए। आयात रोकिएपछि प्रतिकेजी ४५ रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले केही दिनमै प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था आएको थियो।



    सोमबार मात्र बजारमा ५६ टन प्याज भित्रिएको बताईएको छ । आयात भएसँगै कालिमाटी बजारले आजदेखि दैनिक मूल्यसूचीमा प्याज पनि समावेश गरेको छ।

    कालिमाटी तरकारी बजारमा दैनिक एक सय टनभन्दा बढी प्याजको आयात हुने गरेको बजारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार