Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • महँगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह

    महँगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।

    बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगी भइरहेको र विभागले कारबाही तिब्र बनाएकाले तत्कालै मँहगो मूल्यमा प्याज नकिन्न विभागले आग्रह गरेको हाे ।



    ‘प्याज अत्यावश्यक वस्तु होइन, व्यापारीले लुकाएका छन्, केही दिन बहिस्कार गरौं, कुहिने डरले आफैं मूल्य घटाउँछन्,’ विभागका निर्देशक एवम् सूचना अधिकारी रवीन्द्र आचार्यले भने । छिट्टै बिग्रन सक्ने कारणले गर्दा प्याज धेरै समय लुकाउन नसक्ने उनको भनाइ छ ।



    लुकाएको प्याज खोज्न र बढी मूल्य लिने पसलेललाई कारवाही गर्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विभाग पनि पूर्ण बलसहित लागेको निर्देशक आचार्यले बताए । प्याजको मूल्यमा आफू ठगिएमा तुरुन्त खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार