Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल !

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल !

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ ।

    करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाममा अनुगमनपछि सिल गरिएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले गोदाम सिल गरी चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिए ।



    खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपैयाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपैयाँ मात्रै बिल दिने गरेको बताइएको छ ।



    दुई साता अघिसम्म १ सय १० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको मूल्य पछिल्लो समय एकाएक १ सय ४० रुपैयाँसम्म पुर्‍याइएको छ । श्रेष्ठले नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले ९७ रुपैयाँमा बेचेको चिनी बजारमा १ सय ५० रुपैयाँसम्म बेच्ने गरेको बताए ।

    बजारमा चिनीको कृत्रिम अभाव देखाएर महँगो दाममा बेच्ने र कालोबजारी गराउने गिरोह खोजी खोजी कारबाही प्रक्रिया थालेसँगै उक्त गोदाममा ठूलो मात्रामा चिनी लुकाएको फेला परेको हो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार