Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन विभागकाे आग्रह

    नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन विभागकाे आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाले नेटवर्किङ व्यवसायबाट हुने ठगीप्रति सचेत रहन आग्रह गरेको छ ।

    विभागले आज सूचना जारी गर्दै नेपालमा नेटवर्किङ व्यवसायमा सामेल गराइ ठगी गरेको उजुरी तथा गुनासो आएसँगै यसप्रति गम्भीर ध्यान्याकर्षण भएको जनाएको हो ।



    शाखाका निर्देशक शिवराज सेढाइँद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ- ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) ऐन २०७४ ले तथा नियमावली २०७६ ले पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।’



    केही नेपाली कम्पनी तथा व्यक्तिहरु र विदेशी समेतले वस्तुको प्रत्यक्ष विक्रीका नाममा गैरकानूनी रुपले नेटवर्किङ शैलीमा व्यवसाय गरेर नेपाल तथा विदेशमा रहेका नेपालीलाईसमेत आवद्ध गरी ठगी गरेको तथा पुँजी पलाययन गरेको गुनासो आएको विभागले जनाएको छ ।

    विभागले उजरीका आधारमा केही त्यस्ता व्यक्ति तथा कम्पनीमाथि अनुसन्धान, जाँचबुझ तथा छानविन जारी राखेको समेत जनाएको छ । यस्ता गैरकानूनी व्यवसाय गरे / गराएमा १० लाखसम्म जरिवाना वा ५ वर्ष कैद वा दुबै सजाय हुने सक्ने कानूनमा व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार