Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउन्डेसन तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

‘धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवद्र्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ,’ सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

त्यस्तै बाढीपहिरो पीडितहरूको उद्धार प्रभावकारी बनाउने विषयमा छmफल भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077