Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप सुरु, आज नेपाल र कुवेत भिड्ने

काठमाडौं । भारतमा आजदेखि सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा साविक उपविजेता नेपाललाई आमन्त्रित टिम कुवेतले चुनौती प्रस्तुत गर्दै छ ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल कुवेतविरुद्ध मैदान उत्रिँदा साविक उपविजेताको हैसियत जोगाउने लक्ष्यमा हुनेछ ।

फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेकाले पनि कुवेतविरुद्धको नतिजा सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण छ ।

यो समूहमा नेपाल र कुवेतसँगै साविक विजेता भारत र पाकिस्तान पनि छन् । प्रतियोगिताको समुह बि मा माल्दिभ्स, बंगलादेश, भुटान र लेबनान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077