Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिप : कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक

काठमाडौं । भारतमा आजदेखि सुरु हुन लागेको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले कुवेतविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल कुवेतविरुद्ध मैदान उत्रिँदा साविक उपविजेताको हैसियत जोगाउने लक्ष्यमा हुनेछ ।

नेपालको सुरुवाती ११
नवयुग श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, लकेन लिम्बु, पुजन उपरकोटी, एरिक विष्ट, विमल घर्तिमगर, रोहित चन्द, अनन्त तामाङ, सनिष श्रेष्ठ, किरण चेम्जोङ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077