Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, साढे ३ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । आज बुधबार पनि नेप्से बजार दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

आज होटल, जीवन बिमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।

त्यस्तै, कारोबार रकम पनि घटेर ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा एकैदिन ६२ करोड रुपैयाँ घटेको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यो कम्पनीको २३ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बजारमा होटल्स एण्ड टुरिजम, जीवन बीमा, उत्पादनमूल्क र ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077