Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप : कुवेतविरुद्ध नेपाल २-० ले पछाडि

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सुरु भएको खेलको २३ औं मिनेटमा खालिद हाजिइयाले गरेका थिए ।

फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।

यस्तै नेपालमाथि निरन्तर दबाव बनाईरहेको कुवेतका ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै अग्रता दोब्बर पारे ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077