Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले खराब सुरूवात गरेको छ।

आजदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको हो ।

भारतको बेंगलुरुस्थित श्री कान्तीभिरा रंगशालामा पहिलो हाफमा २–० ले पछिपरेको नेपालले दोस्रो हाफमा एक गोल खाएर एक गोल नै फर्कायो।

विश्वकप खेलिसकेको बलियो टिम कुवेतले २३औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा २-० गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा एक गोल थपेको थियो।

नेपालका लागि दोस्रो हाफमा अन्जन विष्टले गोल गरे। खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077