Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपतिलाई भने - ‘तानाशाह’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानासाह को संज्ञा दिएका छन् । मंगलबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई 'तनाशाह' भनेका हुन् ।

गत आइतबार र सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमणका गरेका थिए । त्यहाँ उनले आफ्ना समकक्षी एवं उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि सी लज्जित भएको बाइडेनको गरेका छन् । 'तानासाहहरूका लागि के भयो भन्ने थाहा नहुनु ठुलो लज्जाको कुरा हो,' बाइडेनले अगाडि भनेका छन् ।

गत फेब्रुअरीमा अमेरिकी सैन्य विमानले कथित चिनियाँ जासुसी बेलुनलाई खसालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077