Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कप्तान क्षेत्रीको ह्याट्रिकप्रेरित पाकिस्तानविरुद्ध भारतको सहज जित

काठमाडौं । साफ च्याम्पियनसिपमा सुनिल क्षेत्रीको ह्याट्रिकप्रेरित साविक विजेता भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको छ ।

बुधबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतले पाकिस्तानलाई ४–० गोलले पराजित गरेको हो । भारतलाई सहज जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गर्दा उदान्त सिंहले एक गोल थपे ।

जितसँगै समूह ‘ए’ को भारतले तीन अंक जोडेको छ । यस समूहमा भारत, पाकिस्तान, नेपाल र कुवेत छन् ।

यसअघि आजै भएको पहिलो खेलमा आमन्त्रीत टोली कुवेतले नेपाललाई हराउँदै सुखद सुरुआत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077