Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको चियापानमा बाबुराम भट्टराईको दाबी - ०८४ को चुनावपछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी २०८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बार्षिकोत्सवको अवसरमा आयोजित चियापान समारोहमा पुगेका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ एजेण्डा नयाँ विचार सहितका शक्ति÷पार्टी चाहिन्छ भनेर आफूले पहल गरेको बताए ।

भट्टराई भने, ‘आउँदो ८४ सालको चुनावमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ । को हुन्छ म भन्दिनँ, तर नयाँ दलको नेतृत्वमा सरकार बन्छ । बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले नयाँ चाहेका हुन् । नयाँ भनेको अग्रगमन हो । पछाडि फर्किन होइन । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लान सकोस् ।’

भट्टराईले लोकतन्त्रमा विचार फरक र प्रतिष्पर्धा हुन सक्ने भए पनि नेपालीले चाहेको नयाँपन नै भएको उल्लेख गरे । भट्टराईले एमाले, कांग्रेस, माओवादी केन्द्रबाहेकका नयाँ राजनीतक दलको नेतृत्वमा सरकार बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077