Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुरामको प्रस्ताव - प्रमुख दलहरूको संयुक्त सरकार बनाऔं, समय खेर नफालौं

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो प्रस्ताव राखेका हुन् । पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्न उनले सुझाव दिए । उनले गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर नभएको बताए । ‘गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन, विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण, भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेलका छन, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्ति प्रकृयाका बाँकी कामको समापन गर्नु ठीक होला कि ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077