Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मेयर बालेनलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने - राज्यले कानूनी शासनको नैतिक धरातल गुमाई सक्यो !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले कानूनी शासनको नैतिक धरातल गुमाएपछि न्यायलयको फैसलामाथि प्रश्न उठ्ने बताएका छन् ।

सामाजिक संञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मेयर बालेन्द्र साह बालेनले गरेको अदालतप्रतिको टिप्पणीको समर्थन गर्दै अदालतलाई ५ प्रश्न गरेका हुन् ।

अदालतको फैसला नमान्ने मेयर बालेनको घोषणालाई धेरैले आलोचना गरेको बताउँदै मिश्रले देशमा राजनीति मुछिएका मुद्दाहरूमा न्यायपालिकाप्रतिको विश्वास रसातलमा पुगिसकेको बताए।

मिश्रले यस्तो अवस्थामा अदालतको आदेश किन मान्ने भन्दै ५ प्रश्न अघि सारेका छन् । उनले देश पूर्णत असफल राज्य हुन अन्य विविध कारणहरूका अलावा न्यायलय र सेनाको संस्था विफल हुनु पर्ने बचाउँदै नेपालमा राजनीति गाँसिएका विषयमा न्यायलय बारम्बार विफल साबित भइसकेको बताएका छन् ।

अब सेनालाई पनि यसैगरी गन्धा राजनीतिले गाँज्ने हो भने देश असफल राज्यको संघारमैँ पुग्ने मिश्रले टिप्पणी गरेका छन् । बालेनको प्रश्नलाई सो परिप्रेक्षमा हेरेर न्यायपालिकामा सुधार नगर्ने हो भने यसले कुनै विन्दुमा गम्भिर संकट निम्त्याउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077