Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंसहित ३५ जिल्लाका नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    काठमाडौंसहित ३५ जिल्लाका नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 921
    SHARES

    काठमाडौं । मनसुन देशभर फेलिएसँगै वर्षा हुने क्रम बढेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

    यस्तो वर्षा लगातार तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    महाशाखाका अनुसार वर्षा हुने क्रम बढेसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम पनि बढेको छ ।



    बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौंसहित देशका ३५ भन्दा बढी जिल्ला भई बहने खोला, नदीमा बाढी आउने सम्भावना देखिएको छ । सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार