Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिपमा पाकिस्तान कुवेतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ।

शनिबार भएको समूह ‘ए’ को खेलमा पाकिस्तानलाई आमन्त्रित टिम कुवेतसंग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

कुवेतको जितमा मुबारक अल फनेनीले दुई गोल गरे। उनले खेलको १७ मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन्।

यस्तै हसन अल इनेजीले दशौं मिनेटमा पहिलो गोल गर्दा अल राशेदीले ६९ मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए। यसअघि पाकिस्तान पहिलो खेलमा भारतसँग ४(० गोलले ने पराजित भएको थियो।

हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। यो समूहको अर्को खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ।

नेपालका लागि सेमिफाइनल पुग्न आज भारतलाई हराउनै पर्ने दबाब छ। नेपाल र भारतबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077