Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावमा अन्तर्घात गरेको भन्दै जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचनमा अन्तर्घात गर्ने पाँच जनालाई निष्कासन गर्ने निर्णय गरेको छ।

जसपा नेपालको केन्द्रीय समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।

साथै बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।

सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोह जस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चा गठन भएको थियो।

यस्तै जसपाको समितिले विधानको मस्यौदालाई पनि अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरू हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077