Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल र घरेलु टोली भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टिमले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् ।

नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । कुवेतसँग पराजित नेपाल दोस्रो खेलमा भारतसँग जित्नैपर्ने दबाबमा छ।

भारतविरुद्ध खेल्ने नेपाली टोलीः

किरण चेम्जोङ, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट, विमल घर्तिमगर, आयुष घलान, अञ्जन विष्ट, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077