Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित, समूह चरणबाटै बाहिरियो

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बेंगलोरस्थित कन्तिरभा रंगशालामा भारतले समूह ए को दोस्रो खेलमा नेपालमाथि २-० गोलले पराजित गरेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे । खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।

भारतसँगको हारसँगै नेपाली टोलीको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । यसअघि नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित भएको थियो ।

नेपाल पराजित भएसँगै पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ । भारत र कुवेत भने समूह ‘ए’ बाट अन्तिम चारमा पुगेका छन् । नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ। अघिल्लो सिजन नेपाल र भारतले साफको फाइनल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077