Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा जलहरीको तौल लिनुअघि क्षमा पूजा गरिँदै

काठमाडौं । पशुपतिनाथको जलहरीको सुन जोखिने भएपछि मन्दिर प्रवेशमा रोक लगाइएको छ। पशुपतिनाथ परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको हो । जलहरीको सुन मन्दीरमा क्षमा पूजा र आरतीपछि मात्रै जोखिने जनाइएको छ ।

अहिले क्षमा पूजा र आरती भइरहेको छ। शनिबार पनि क्षमा पूजा गरिएको थियो।पशुपतिको जलहरी बनाउँदा अनियमितता गरेको भन्दै चौतर्फी आलोचना भएपछि सुनको मात्रा जोखिन लागेको हो।

पशुपति विकाश कोष परिसरमा केहीबेरपछि जलहरीको तौल जोख्ने तयारी भइरहेको छ । पशुपति विकाश कोष,प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने तयारी भइरहेको हो ।

पूजाआजाका लागि मन्दिर पुगेका भक्तजनहरूलाई बाहिर निकालिएको छ। पशुपतिनाथका चारै ढोका बन्द गरिएका छन्। दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो ।

महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका महालेखा परीक्षकको कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077