Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनलाइन बेटिङको आरोपमा पक्राउ परेका कलाकारलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएकामा थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जीडी) लाई पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077