Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सरकार बनाउने मौका आए एमालेले छोड्दैन : रघुजी पन्त

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले सरकार बनाउन आफुहरुलाई हतार नभएको बताएका छन् ।

एमाले सांसद पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका हुन् ।

उनले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली कांग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेको बताए ।

उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताए ।

उनले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने बताए । सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077