Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तिका लागि आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाइ तोकिएको हो ।

वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थिए।

सन्दीपको मुद्दाको फाइनल वहसको पेशी भने अहिले स्थगित छ। विश्वकप छनोटका लागि सन्दीप जिम्बाब्वेमा रहेका कारण अहिलेलाई फाइनल पेशी स्थगित गरिएको हो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077