Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा सोमबार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको बताईएको छ ।

भेटघाटका क्रममा अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सहयोगका क्षेत्रहरू फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने र पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताए।

राजदूतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077